स्वास्थ्य मन्त्रालयका सचिव डा. पोखरेल अस्पताल भर्ना



काठमाडौँ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेल अस्पताल भर्ना भएका छन् ।
डा.पोखरेल मंगलबार दिउँसो मन्त्रालयमा काम गर्दागर्दै छातीमा दुखाई भएर मन्त्रालयबाट सिधै उपचारका लागि वीर अस्पताल पुगेका थिए। तर, उनको मुटुमा समस्या देखिएपछि मुटुको थप उपचारका लागि महाराजगंजस्थित मनमोहन कार्डियो तथा भास्कुलर सेन्टरमा रेफर गरिएको थियो ।

डा.पोखरेलको स्वास्थ्य अवस्था सामान्य रहेको सेन्टरका निर्देशक प्रा.डा.रत्नमणि गजुरेलले बताए । डा.पोखरेललाई २४ घण्टा चिकित्सकको निगरानीमा राखिने र थप परीक्षणको रिपोर्ट हेरि बाँकी उपचार गर्नुपर्ने या डिस्चार्ज गर्ने निर्णयमा पुग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्