एसियन गेम्स : पुरुष भलिबलमा समूह चरणबाटै बाहिरियो नेपाल

0
Shares

काठमाडौं ।

चीनको हाङझाउमा जारी एसियन गेम्सको पुरुष भलिबलमा लगातार हार व्यहोरेपछि नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

बुधबार समूह चरणमा दोस्रो हार व्यहोरेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

बुधबार भएको खेलमा इरानसँग ३–० को सोझो सेटमा नेपाल पराजित भएपछि बाहिरिएको हो । समूह बीमा रहेको नेपाल यसअघि बहराइनसँग पराजित भएको थियो ।