ऋणको चपेटामा कौसिद

0
Shares

ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा निर्मित फिल्म कौसिदको ट्रेलर सार्वजनिक गरिएको छ।

भोलाराज सापकोटा र ऋचा शर्माद्वारा अभिनीत फिल्मको ट्रेलरले आम नेपालीको पीडा भाव बोल्छ। विजया दशमीको छेको पारेर आगामी असोज २६ गते रिलिजमा आउने फिल्म कुमार भास्करले निर्देशन गरेका छन्। भोलाराज सापकोटा र ऋचा शर्माका साथमा रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दीप लोहनीलगायत कलाकारले अभिनय गरेको फिल्म केदार भुसालले निर्माण गरेका हुन्। दिमेश श्रेष्ठ कार्यकारी निर्माता र लक्ष्मण बानियाँ सह–निर्माता रहेको फिल्ममा कथा नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलिया, छायांकन निशान पौडेल, सम्पादन भीम विश्वकर्मा र कलर सुदीप श्रेष्ठको छ।