अर्याल साढे १७ करोड बढी अकुत सम्पत्तिमा दोषी



काठमाडौं । साढे १७ करोड रुपियाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले मंगलबार अर्यालले १७ करोडभन्दा बढी अकुत सम्पति आर्जन गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ जेठ ७ गते ऋषिरामको सम्पत्ति जफत प्रयोजनका लागि उनकी श्रीमती र दुई छोरालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गरेको थियो ।

अर्यालले १७ करोड ८३ लाख ४१ हजार ५७९ रुपियाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको थियो । ऋषिरामले २०३९ साल साउन १ गते राजपत्र अनङ्कित द्वितीय श्रेणीअन्तर्गत गाविस सचिवमा स्थायी नियुक्ति पाएर सरकारी सेवा शुरू गरेका थिए । उनी पछि नासु हुँदै शाखा अधिकृतमा बढुवा भएका थिए । उनले अधिकांश जग्गाहरू गाविस र नगरपालिकाअन्तर्गतका कार्यालयमा काम गर्दा जोडेको अख्तियारको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्