काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र महामन्त्री गगनकुमार थापा समूहले आह्वान गरेको बैठकमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता तथा सांसद प्रदीप पौडेल नजाने भएका छन् ।
सो समूहले आज (मंगलबार) दिउँसो १ः३० बजे बस्ने गरि बैठक आह्वान गरेको छ । उक्त बैठकमा विश्वप्रकाश र प्रदीपलाई बोलाईए पनि उनीहरू दुवै जना नजाने भएका हुन् ।
विश्वप्रकाश शर्मा शेखर–गगन समूहको बैठकमा नजाने शर्मा निकट एक नेताले बताए । शेखर दाइको कार्यशैलीप्रति विश्वजीको केही गुनासो रहेकोले उहाँ बैठकमा नजाने निर्णय गर्नुभएको छ ।
त्यस्तै प्रदीप पौडेल पनि बैठकमा उपस्थित नहुने स्रोतले बतायो । उनी केही दिन भ्रमणका लागि चीन प्रस्थान गर्दैछन् ।
प्रतिक्रिया