आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता जारी



काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता शुरू भएको छ । केहीबेर पहिलेदेखि दुईपक्षबीच वार्ता शुरू भएको हो ।

देशभरको स्वास्थ्य सेवा प्रभावित बनेपछि वार्ता शुरू भएको छ । नेपाल चिकित्सक सङ्घले आफूहरू असुरक्षित भएको बेला सेवा दिन नसक्ने भन्दै आन्दोलनमा उत्रिएका छन् ।

हेटौँडा घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प गरेपछि सरकारले वार्ताका लागि बोलाएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव डा.विकास देवकोटाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थय मन्त्रालयका सहसचिव रहने गरी पाँच सदस्यीय वार्ता समिति गठन गरेर वार्ता शुरू गरेको छ ।

अहिले वार्ता जारी छ ।

प्रतिक्रिया दिनुहोस्