ब्यवस्थापन शिक्षा संसारमै पपुलर



त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा विद्यार्थीअवस्था, बजारमायस संकायको स्कोपर टियुको समग्र शैक्षणीक तथाव्यवस्थापकीयपक्षका सम्बन्धमाव्यवस्थापन संकाय डिन प्राडा डिल्लीराज शर्मासँग नेपाल समाचारपत्र दैनिकका पत्रकार जीवन शर्माले गर्नुभएको कुराकानी :

-प्राडा डिल्लीराज शर्मा
डीन, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा विद्यार्थीको चाप कस्तो छ वार्षिक कतिविद्यार्थीहरू यस संकायमा भर्ना हुन्छन ?

हाम्रोमादुई किसीमको कार्यक्रम छन्। एउटा अडिनरी कार्यक्रम भनेर सञ्चालन गछौं। जसमा बिबिएस र एमबीएस कार्यक्रम सञ्चालन हुन्छ। हाम्रो करिब सात सय क्याम्पसहरूमा बिबिएर कार्यक्रम सञ्चालन छन्। बीबीएसमा वार्षीक एक लाखभन्दा बढी विद्यार्थीहरू छन्। त्यसपछि एमबीएस कार्यक्रममा पनि सेमेस्टरवाईज कुरा गर्दा करिव २०–२२ हजार विद्यार्थीहरू रहेको अवस्था छ। त्यसबाहेक अरू हामीले सेल्फ सस्टेन्ट प्रोग्राम भन्छौं।

यसमा बीबीए, बीबीएम, बीएचएम, बीआईएम, बीटीटीएम, त्यस्तै मास्टर्समा स्कूल अफ म्यानेजमेन्टमा एमबीए कार्यक्रम सञ्चालन गरेका छौं। एमबीए ग्लोबल एसीवम्यानेजमेन्ट त्यस्तैगरी केन्द्रीय विभाग, शंकरदेव क्याम्पस, नेपाल कमर्श क्याम्पसमा एमबीए फाइनान्स सञ्चालन गरेका छौं। केही समय अघि हाम्रो वार्षिक योजनाको तथ्यांकपनि आएको थियो, त्यसमा विद्यार्थीसंख्या मध्य ब्यवस्थापनमा ४७ प्रतिशत छ। देशभर त्रिबि अन्र्तगत करिव १ हजार १ सय कलेजहरूमा ५ लाख विद्यार्थी अध्ययन गर्छन।

ब्यवस्थापन संकायको स्कोप कस्तो छ ?

ब्यवस्थापन शिक्षा आफैमा व्यवहारिक शिक्षा पनि हो। ब्यवस्थापन शिक्षा व्यक्तिको सर्वाङ्गीण, पेशागत विकास र ब्यवसायिक दक्षता अभिबृद्धि गर्नका लागी नभई नहुने महत्वपूर्ण विषयका रुपमा हामीले लिएका छौं। संसारमै ब्यवस्थापन शिक्षा अहिले पपुलर एजुकेशनका रुपमा लिइएको छ। विगत केहीवर्ष यता नेपालमा म्यानेजमेन्टमा विद्यार्थीहरू बढेको छ। मैले अघि भनेको तथ्यांकले पनि यसलाई पुष्टि गर्छ। अहिले हाम्रो धेरै कलेजहरूमा नया“ कार्यक्रमहरू पनि बनाएका छौं।

बजारको माग अनुसारका कार्यक्रमहरू बनाउदै गएका छौं। पठ्यक्रमहरू परिवर्तन गरेका छौं। विद्यार्थीहरूलाई उत्पादनस“ग जोड्ने कोसिस गरेका छौं। उद्यमसिलताको विकास गर्नुपर्छ भने जोड दिएका छौं। विद्यार्थीहरूको व्यक्तित्व र दक्षता विकासलाई प्राथमिकतामा राख्नुपर्छ भनेर जोड दिएका छौं। यी सबै कारणले नेपालमा ब्यबस्थापन संकायमा विद्यार्थीहरूको आकर्षण अत्यन्तै बढेको पाएका छौ।

ब्यवस्थापनमा संकायमा कुन विषयलाई बढी प्राथमिकता दिएको छ ?

यसमा यस्तो छ, दूरदराज सम्म पहु“च भएको, गाउ“का मान्छेहरूकालागी पहु“च भएका धेरै सामुदायीक र आंगिक क्याम्पस“ग एप्रोच भएको हु“दा बिबीएसमा सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्छन। त्यसपछि एमबीएसमा छ। किनकी अहिले १ सय ४५ वटा क्याम्पसमा एमबीएस कक्षा सञ्चालन भैरहेको छ। यद्यपी यो सेमेस्टर प्रणलीमा छ। त्सपछिको विद्यार्थीको चाप बिबीएमा छ। बिआईएम बिएचएम बिटीटटीएम लागयत विषयमापनि राम्रैसंख्यामा विद्यार्थी छन्।

त्रिविमा विद्यार्थीहरू घटेको विषयमा सत्यता छ ?

यसलाई कसरी लिनुपर्छ भने अव यो ग्लोबलाइजेशनको जमना हो। बाहिर वढ्न जाने अथवा अन्य युनिभर्सिटिमा जाने कुरा स्वभाविकै हो। हामीले के कुरा मात्रै हेर्नु भएन भने त्रिबिका विद्यार्थी कति छ भन्ने विषयलाई मात्रै फोकस नगरौ। हामीले नेपालभरिका विद्यार्थीहरूलाई हेर्नुपर्ने हुन्छ। अहिले पनि ८६ वटा विदेशी विश्वविद्यायलबाट सम्बन्धन पाएका कजेजहरू यहा“ सञ्चालन छन्। विद्यार्थी भर्ना गर्ने नाममा विभिन्न किसीमका सहुलियत वा विभिन्न किसीमका तौर तरिकाहरूबाट विद्यार्थी भर्ना गर्ने प्रतिष्पर्धा पनि चलेको हामीले देख्छै,यो तितो यथार्थ हो। त्यस्ले गर्दा चोहे विदेशी विश्वविद्यालयको कुरा गरौं, चाहे हाम्रै भित्रपनि अहिले पूर्वाञ्चल, विश्वविद्यालय, पश्चिमाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालयका धेरै कलेजहरू संचालित छन्। यसरी एभ्रेजमा हेर्नुभयो भने म्यानेजमेन्टका विद्यार्थी एक त टियुमा बढी छन र अरू बाहिर बढ्ने विद्यार्थीहरूको चाहाना र चापलाई हेर्दापनि सबैभन्दा बढी विद्यार्थी भएको म्यानेजमेन्ट नै हो। टियुको विद्यार्थी घटेको भन्ने होइन्।

उसो भए ब्यवस्थापन संकायमा पढेका जनशक्ति नेपाली बजारमा बेरोजगार बस्नुपरेको अवस्था छैन भन्दा हुन्छ ?

मैले त के भन्छु भन्दा म्यानेजमेन्टका विद्यार्थीहरू उद्यमसिलतामा जोडिने, रोजगारीमा, उत्पादनमा जोडिने भएका कारणले पनि यो विषय पढेका विद्यार्थीहरू बेरोजगार कम छन्। विद्यार्थीहरू आफैले सानातिना उद्योयगधन्दा सञ्चालन गर्न सक्नेछन र उनिहरू आफैपनि जिवन निर्वाह गर्न सक्ने बन्न सक्छन्। म आफैले पनि केहीकाम गर्न सक्नु भन्ने आत्मबल भएका कारणले पनि र बाहिरि राष्ट्रिय अन्तराष्ट्रिय स्तरमापनि राम्रो अवसर प्राप्त हुन सक्ने भएकाले यसमा बेरोजगारी हुने सम्भावान अत्यन्त न्यून हुन्छ।

पढाई अलि खस्किएको गुनासाहरू छन नि ?

एउटा त हामीलाई केही हद सम्म कोभिडले प्रभाव पार्यो। कोभिड पछिका दिनमा सेमेस्टर प्रणालीका लगभग सबै कार्यक्रमहरू क्यालेन्डर अनुसार जोडिसकेका छौं। पठन पाठन र विधि प्रकृयामा हामीले त्यती साह्रै असन्तुष्टि व्यक्त गर्नुपर्ने अवस्था छैन्। अडिनरी कार्यक्रम दूर दराजमा सञ्चालन भएका क्याम्पसहरूमा बिबीएस कार्यक्रम भएका क्यासहरूमा हामीले भनेजस्तो सुविधा पुर्याउन सकेनौ होला, विज्ञ शिक्षकहरू पुर्याउन सकेका छैनौ होला।

तर युनिभर्सिटिको गुणस्तर खस्कीयो भन्दाखेरी विद्यार्थीहरू कक्षा कोठामा आएका छन की छैनन् भन्ने कुराले पनि प्रभाव पार्छ। विद्यार्थीले आफूलाई पठनपाठनमा कति सम्मीलित बनाए बनाएनन्भन्ने कुराले पनिप्रभाव पार्छ। र हामीपनि यस विषयमा सचेत हुन जरुरी छ। विगतमा हामीले धेरै अभिमुखीकरण कार्यक्रमहरू, संकाय विकासका धेरै कार्यक्रमहरू गर्यौं। त्यसले गर्दा हाम्रा पठनपाठन र गुणस्तरमा कमि कमजोरी गरेजस्तो। धेरै कुराहरू सुधार गर्नुपर्ने ठाउ“ छ। तर, पनि के होइन भने अर्को कसैले बहुत राम्रो गरेको र त्रिविले चाहीनगरेको भन्ने म मान्दिन। अर्को नेपालमा उपस्थित भएका अरू कुनैपनि युनिभर्सिटीहरूले भन्दाहामीले बढीनै गरेका छौं कम छैन्।

अझ आकर्षण बढाउन के गर्नु पर्छ, अनित्रिभुवन विश्वविद्यालयको योजना के छ ?

एकदम राम्रो प्रश्न गर्नुभयो, मेरो पनि अहिले चिन्ताको विषय यही छ। वद्यार्थीको यो आकर्षण भोलीकतै घट्ने हो की, विद्यार्थीलाई हामीले जतिमा त्रामाव्यवहारिक बनाउनु पर्ने हो र जति अनुभवको ज्ञान दिनुपर्ने हो त्यती दिन नसकौलाकि भन्ने चिन्ता छ। किनभने मुलुकमा उद्योगधन्दाको विकास हुन, उद्योग बाणिज्य, पर्यटनको विकाहुन जरुरी छ। नेपाल पर्यटनको सम्भावनाले भरिएको मुलुकहो। यी सबैको विकासस“गै ब्यवस्थापनको शिक्षापनि स“गै आउ“छ। त्यसकारणले यी विकास गर्न दत्तचित्त भएर लाग्यौ भने, राज्य लाग्यो, समाज लाग्यो, स्थानीय निकाय लाग्यो भनेविश्वविद्यालयपनि त्यसै अन्तर्गत हामीजाने कुरा रहन्छ। हामी जहिलेपनि दक्षता अभिबृद्धिगर्ने कार्यक्रमहवद्यार्थीहरूलाई दिदै छौं÷दिनुपर्छ। तर हामीलेदक्षजनशक्तिलाई मुलुक भित्र कामगर्ने वातावरण बनाई दिने चाही हामी सबैको दायित्वभित्र पर्दछ।

ब्यवस्थापन संकायको दायरा अहिले बढ्दै गएको हो वा संकुचन भएको हो ?

यो विषयको दायरा अहिले बढ्दै गएको हो। बिबीए कार्यक्रमको माग बढेको एकदमै बढी छ।अहिले धेरै क्याम्पसका साथिहरूले त्रिबिका कार्यक्रम दिने हो भने हामी अरू कुनै विश्व विद्यालयका कार्यक्रम चलाउ“दैनौं भनेर भन्ने गरेका छन्। यहीहामीले हाम्राकार्यक्रमहरू दियौं भने उहा“हरूले चाहे विदेशी विश्वविद्यालयले सञ्चालन गरेका हुन वा अन्य कुनै विश्वविद्यालयले सञ्चालन गरेका जुनसुकै कार्यक्रमहरू बन्द गरेर टियुकै कार्यक्रमहरू सञ्चालन गर्न चाहन्छन। हामीले अन्य धेरै विश्वविद्यालयहरू देख्यौ । तर देशको कुल विद्यार्थी संख्याको ८० प्रतिशत विद्यार्थी टियुमै आउनुले गर्दा त्रिविको साख बढेको छ।

यसका लागी नया“ योजना के–के ल्याएको छ ?

त्रिबि विभिन्न संकायका क्याम्पसलाई नया“ कोर्षहरू बनाउन, नया“ पाठ्यक्रम ल्याउन निर्देशन गरेको छ। त्रिविका पदाधिकारीले प्रविधिस“ग विद्यार्थीलाई जोड्नुस, आइसिटीका कार्यक्रमहरू तयार गर्नुस भनेर पटक पटक निर्देशन भइरहेको छ। यसमा व्यवस्थापन संकायको कुरा गर्दा हामीले आइसिटीलाई जोड दिएका छौं। निकट भविश्यमै स्नातकोत्तर तहको आइटिस“ग सम्बन्धीत कार्यक्रम तयार गर्दैछौं। उद्यमशिलताको विकास गर्न सकिनेगरी कार्यक्रमहरू त्य गर्दैआएका छौं।

दूर दराजका क्याम्पसहरूमा विद्यार्थी संख्या अत्यन्त न्यून छन्। कलेज र विषय थप गर्दा दिदा दिर्घकालिन सोच भन्दापनि दवाव, प्रभावमा परि निर्णय गरेकोल समस्या आएको हो जस्तो लाग्दैन।

तपाईको कुरा एकदम जायज पनि छ। विगतमा गृहकार्य नगरी केही काम नै गरियो कि भन्ने हामीलाई लागेको छ। हुन त विगतमा त्रिबि मात्रै थियो मुलुकमा अरू विश्वविद्यालय थिएनन्। त्यसले गर्दा शिक्षाको नैसर्गिक अधिकार नजिकै पाउनुपर्छ, आफ्नै गाउघरमा बसेर बढ्न पाउनुपर्छ भन्ने त्यसवेलाको एउटा भाष्यले पनि काम गरेको होला। भोलि यो अप्ठ्यारो अवस्था आउन सक्छ है ? भन्ने कुराको विचार नपुर्याई गाउ“गाउ“मा पब्लिक क्याम्पसको नाममा कलेजहरू खोलियो। त्यहा केही राजनीतिक प्रभाव पनि रह्यो होला। विविध कारणले गर्दा नक्साङकन नगरी हचुवाको भरमा धेरै नक्याम्पसहरू खोलियो। कजेजहरू धेरै हु“दा विद्यार्थी संख्या सबै कलेजमा कम देखियो। यसैलाई ध्यानमा राख्दै मर्जको नीति ल्याएको छ। विद्यार्थी संख्या कमी भएर चल्न नसक्ने, एउटै कार्यक्रम भएका कलेजहरूलाई मर्जहुन(गाभीन) निर्देशन दिइसकेका छौ। करिव १२÷१५ कलेजहरू मर्जरको प्रकृयामा समेत आइसकेका छन्। भर्खर केहीदिन अघि मात्रै काठमाडौं भित्रकै दुइवटा कलेजले मर्जहुने भरेर प्रकृयामा जान पत्र लेखेको अवस्था छ। दुइवटा कलेजहरू मर्ज हुदा एउटाको अस्तित्व समाप्त हुन्छ, उसका भौतिक चलअचल सम्पति समेत एउटैको हुन्छ र हाम्रा कार्यक्रमहरू पनि त्यही एउटै कलेजबाट सञ्चाला हुन्छन।

विद्यर्थीलाई ब्यवस्थापन संकाय अन्तर्गत कुन विषय छनोट गर्ने सल्लाह दिनुहुन्छ ?

विभिन्न किसिमका कार्यक्रमहरू विभिन्न उद्देश्यले तयार गरेको छ। बिबीए, बिबीएमबिएचएम, बिटिटिएम,बिएमएस,एमबिए, एमबिए फाइनान्स, एमबिए मार्केटिङ भनेर कार्यक्रम तयार गरेका छौं। प्रत्येक कार्यक्रमका आफ्ना निर्दिष्ट उदेश्य छन्।सबै कार्यक्रमबाट कस्तो जनशक्तिउत्पादन गर्ने भनेर उदेश्यहरू प्रष्ट पारिएको छ। त्यस कारणले विद्यार्थी भाइबहिनीहरूलाई म के भन्न चाहान्छु भने आफु भविश्यमा के बन्ने हो ? आफ्नो लक्ष्य तय गर्नु पर्छ । तपाई हस्पीटल उद्योगमा जाने हो की, ब्यापारिक उद्योगमा जाने हो की ? बैंक तथा फाइनान्सका क्षेत्रमा जाने कि प्राविधिक क्षेत्रमा जाने हो, वा मार्केटिङमा दक्ष बन्ने यो आफैले तय गरेर कार्यक्रम रानेज्नु उपर्युक्त हुन्छ। हाम्रा सबै विषयहरू बजारयोग्य छन्। हामीले जुन विषय पढ्ने हो त्यसमा पोख्त हुनत्यसको जरासम्म अध्ययान गर्नु पर्छ।

परिक्षाफल प्रकाशन गर्न ढिला गर्दा विद्यार्थीको आकर्षण घट्ने अवस्थालाई कसरी हेर्नुभएको छ ?

खासगरी हामीस“ग दुई किसीमका कार्यक्रमहरू (सेमेस्टर र वार्षिक) छन्। सेमेस्टरमा कोभिडको वेलाकेही ढिला सुस्ती हुनगएको थियो। हाल सबै विषयका परिक्षाफल समयमै प्रकाशित गर्न थालेका छौं। ब्यवस्थापन संकायका सबै तहको परीक्षाफल तीन महिना भित्रमासार्वजनिक गर्ने गरेका छौं। कर्मचारीको अभाव भएका र प्राविधिक समस्याहरूले नसकेपनि सेमेस्टरमा विषयमा गुनासाहरू छैनन्। वार्षिक परिक्षाका सन्दर्भमा परिक्षा नियन्त्रण कार्यालय बल्खुमा केही कमजोरीहरू रहन गए। मुख्य कारण कोभिड नै भयो। डेढ÷दुई लाख विद्यार्थीको परिक्षाफल प्रकाशन गर्न केही ढिला भएको थियो। तर पछिल्ला दिनमा त्यसलाई सुधार गरिसकेको छ। यस विषयमा सचेत छौं।

प्रतिक्रिया दिनुहोस्