साढे १३ केजी गाँजासहित एक जना पक्राउ

0
Shares

धादिङ ।

सवारी साधन चेकजाँच गर्ने क्रममा धुनिबेशी नगरपालिका वडा नम्बर ६ स्थित आकाश भैरव पेट्रोल पम्प अगाडी प्रहरीले  १३ किलो ६ सय ग्राम प्रतिबन्धित गाँजाको धुलोसहित एक जनालाई  शनिबार पक्राउ गरेको छ ।

पृथ्वीलोकमार्ग  स्थित धुनिबेशी नगरपालिका वडा नम्बर ६ आकाश भैरव पेट्रोल पम्प अगाडी चेकजाँच गर्दा  महादेवबेशीबाट काठमाण्डौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–९०३३ प ७२७१ नंम्वरको  पल्सर मोटरसाइकलमा १३ किलो ६ सय  ग्राम गाँजासहित एक जनालाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।

पक्राउ गरिएका व्यक्तिको  नाम ठेगाना भने प्रहरीले  खुलाएको छैन ।