मोटरसाइकल दुर्घटनामा अनेरास्ववियुका दुई नेताको मृत्यु



काठमाडौँ ।

 अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको सुकुटेमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

 शनिबार दिउँसो १ बजेतिर सुकुटेको घुम्ने भन्ने स्थानमा पेट्रोल ट्यांकर र मोटरसाइकल आपसमा ठोक्किँदा अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक नवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङ घाइते भएका थिए। उनीहरूलाई धुलिखेल अस्पताल ल्याइएकोमा उपचारका क्रममा निधन भएको हो।

 खाडीचौरबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ३७५ नम्बरको पेट्रोल ट्यांकर र खाडीचौरतर्फ गइरहेको प्रदेश २ ०३१ प ५९७६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो। ट्यांकर चालकलाई नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्