उपाधिका लागि शंकर र शिशिर भिड्दै

0
Shares

बुटवल ।

सातौं रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगिताको फाइनल आज हुने भएको छ । खस्यौली स्नुकर क्लब बुटवलमा बुधबार सम्पन्न सेमिफाइनल खेलमा विजयी हुँदै शंकर खड्का र शिशिर गुरुङ फाइनलमा पुगेका छन् ।

शंकरले सम्बन्ध विके र शिशिरले विजय थापालाई सेमिफाइनलमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । प्रतियोगितामा रुपन्देहीका १२८ जना खेलाडी सहभागी भएका थिए ।

उपाधि विजेताले ५० हजार, उपविजेताले २५ हजार, हाई स्कोररले १० हजार, उदियमान र अनुशासित खेलाडीले समान नगद ५ हजार रुपैयाँ नगद पुरस्कार पाउने प्रतियोगिताका संयोजक विजय गुरुङले बताए ।

कुल ५ लाख रुपैयाँ खर्च हुने प्रतियोगितामा सम्पन्न गर्न विभिन्न संघ संस्था र खेल प्रेमीहरुले सहयोग गरेका संघका कोषाध्यक्ष अमिन थापाले बताए ।