अटोरिक्सा दुर्घटना हुदाँ डडेलधुरामा दुईको मृत्यु



डडेलधुरा । डडेलधुरामा अटोरिक्सा दुर्घटना हुदाँ दुई जनाको ज्यान गएको छ ।

आलिताल गाउँपालिका–१ मेलखर्कमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, डडेलधुराका अनुसार भीमदत्त राजमार्ग अन्तरगत डँडेलधुराको अलितालमा भएको सो अटो दुर्घटनामा परी एकजना भने घाइते भएका छन ।

प्रहरीका अनुसार गत राति भएको अटोरिक्सा दुर्घटना हुँदा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महराको मृत्यु भएको हो  भने सोही अटोमा रहेका वीरबहादुर कुँवर घाइते छन् ।

घाइते कुवँरलाई उपचारका लागि डडेलधुरा अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्