राष्ट्रियसभा बैठक बस्दै



काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

मंगलबार निधन भएका संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको शोक प्रस्ताव प्रस्तुत गर्न बैठक बोलाइएको हो ।

बैठक दिउँसो २ बजेर ३१ मिनेटका लागि बोलाइएको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्