सुवास नेम्वाङको दृढताका कारण संविधान सभाबाट संविधान बन्यो : गगन थापा



काठमाडौँ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान सभा अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको दृढताका कारण दोस्रो संविधान सभाबाट संविधान बनेको बताएका छन्।

मंगलवार दिवंगत नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरी सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले संविधान सभा अध्यक्ष नेम्वाङको संविधान बनाउने दृढताको कारण नै संविधान सभाबाट संविधान बन्न सकेको बताएका हुन् । उनले नेम्वाङले त्यस बेलाको वाह्य दबाबलाई थेग्दै संविधान जारी गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको बताए । नेम्वाङ समन्वयकारी व्यक्ति भएको पनि उनले उल्लेख गरे । उनले ०६२/०६३ को आन्दोलनपछि नेम्वाङले राजनीतिक दलका नेताहरुसँग सम्वाद गरेर काम गरेको र उहाँ साझा व्यक्तिको रुपमा स्थापित भएको बताए ।

महामन्त्री थापाले नेम्वाङले आफूलाई संसदमा कमी, कमजोरी हटाउन सिकाउने गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्