विप्लव प्रधानमन्त्री भए प्रचण्ड भन्दा पनि खराब भएर निस्किन्छन् : प्रवक्ता बास्तोला 

0
Shares

बुटवल।   

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले समाजवादी मोर्चा संसदवादलाई संस्थागत गर्न मात्रै प्रयोग भएकाले छिटै पतन हुने बताए । मोर्चा औचित्यहीन गठबन्धन भएकाले पतनको बाटोमा रहेको उनले जिकिर गरे।

आइतबार बुटवलमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता बास्तोलाले आगामी चुनावसम्म यो मोर्चा कायम रहेर चुनावमा गए एक सिट पनि नजित्ने दाबी गरे । यो मोर्चा पतनको बाटोमा छ,चुनावमा गए एक सिट पनि जित्दैन भनेर प्रचण्डलाई पनि भनिदिएको बास्तोलाले बताए ।
प्रवक्ता बास्तोलाले अहिलेको संसदीय व्यवस्थामा नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री भएको खण्डमा प्रचण्ड भन्दा पनि खराब भएर निस्कने आरोप लगाउनु भयो ।

नेता बास्तोलाले राष्ट्रिय स्वतन्त्र पार्टी लगायत नयाँ  दलहरुले पनि देश चलाउन नसक्ने बताए । उक्त पार्टीका अध्यक्ष रवि लामिछानेमाथि अमेरिकामा रहंदा बैंक ठगी लगायत थुप्रै मुद्दा रहेको जिकिर गर्दै बास्तोलाले रवि नेतृत्व पार्टीले देशका समस्या समाधान नहुने बताए ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका अध्यक्ष केपी र काँग्रेस  सभापति शेरबहादुर देउवाले वाइटबोडी, प्रिन्टिङ मेशिन, ललिता निवास, गिरिबन्धु, एमसिसी, विभिन्न सन्धि, सम्झौता, विदेशीले दिएको अनुदान र आर्थिक सहयोगमा भ्रष्टाचार गरेको दाबी गरे ।

देशमा भ्रष्टाचार र अनियमितता मौलाएको बताउँदै ललिता निवास, सुन काण्ड सहितका सबै भ्रष्टाचारका काण्डहरु झिसमिस गराइएको बताए । अमेरिका, भारत, बेलायत लगायतका देशबाट देश चलाउन ल्याइएको पैसामा भ्रष्टाचार टासिएर आएको बताउँदै देशको विकासका लागि ल्याइएको पैसा एनजिओ र आइएनजीओमा लगानी भएको बताए ।