कलंकीमाई मन्दिरको रजत जयन्तीकाे अवसरमा आयोजना गरेको दौड प्रतियोगिताको सम्पन्न



काठमाडौं ।

कलंकी मन्दिर संरक्षण समाज सुधार संस्थाको रजत जयन्ती महोत्सवको उपलक्ष्यमा महिला तीन किलो मिटर र पुरुष ५ किलो मिटर दौड प्रतियोगिताको आयोजना गरेको थियो ।

काठमाडौं महानगरपालिका –१४ भित्रका स्कुल तथा कलेजबीच आयोजना गरिएको उक्त दौड प्रतियोगितामा जनपथ माविका बमबहादुर बोहोरा प्रथम भएका छन् ।

उस्तै छात्रातर्फ कुलेश्वर आवासिय माध्यामिक बिद्यालयकी सुस्मिता बिष्ट प्रथम भएकी छन् । कलंकी मन्दिरबाट शुरु भएको उक्त दौड रविभवन, सोल्टिमोड, ज्ञानोदय माध्यामिक विद्यालय वाफल हुँदै कलंकी चोक खसीबजारबाट कलंकी मन्दिरमा आएर टुंगिएको थियो ।

उक्त दौड प्रतियोगितामा विजय हासिल गर्ने छात्र तथा छात्रालाई रजतमहोत्सव समापन समारोहमा पुरस्कार प्रदान गर्ने राजतमहोत्सव समारोह समितिका संयोजक सुन्दर थापाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्