सुनकोशी नदीमा बेवारिसे शव फेला

0
Shares

सिन्धुली। 

सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ बसेरी नजिक सुनकोशी नदीमा बेवारिसे शव फेला परेको छ । सुनकोशी नदीमा बिहीबार (हिजो) नाम थर वतन नखुलेको अन्दाजी ३०/३५ वर्षको पुरुष व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सुनकोशी नदीमा पानीमा घोप्टो परी तैरिएको अवस्थामा शव रहेको भन्ने सुचना आएपछि ईलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको टोली खटाई पानीबाट शव निकालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कटुवालले जानकारी दिए ।

शव धेरै दिन भएर सडी गली सकेकाले प्रारम्भिक अनुसन्धान तथा मुचुल्का उठाउने लगायतको काम सकेर शवको सदगत गरिएको प्रहरी निरीक्षक कटुवालले बताए ।