पर्यटक यातायात व्यवसायी संघको २० औँ वार्षिक साधारण सभा

अध्यक्षमा बेदराज बास्तोला विजयी

0
Shares

काठमाडौँ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा नेपाल पर्यटक यातायात व्यवसायी संघको २० औँ  वार्षिक साधारण सभा सम्पन्न भएको छ । लैनचौर ब्याङक्वेटमा शुक्रबार सम्पन्न सभाको उद्घाटन मन्त्री किराँतीले गरेका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री किराँतीले नेपालको पर्यटन क्षेत्रको विकासका लागि सरकार र नीजि क्षेत्रको उत्तिक्कै पहल जरुरी रहेको बताए । कोरोना महामारीबाट संकटमा पुगेको पर्यटन क्षेत्र बिस्तारै तङ्ग्रिँदै गएको मन्त्री किराँतीले बताए ।

यस्तै सभाले  बेदराज बास्तोलाको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । समितिको प्रथम उपाध्यक्षमा रमेश गौतम, द्धितिय उपाध्यक्षमा विनोद तामाङ विजयी भएका छन् भने महासचिवमा केदारनाथ डोटेल निर्विरोध भएका छन् । सचिव पदमा गुमान सिंह मुक्तान (अरुण) विजयी भएका छन् । कोषाध्यक्ष पदमा रामकुमार बस्नेत निर्विरोध भए ।

त्यस्तै सदस्यहरुमा नवराज अर्याल, नकुल तिमल्सिना र टेकबहादुर पुनः विजयी भएका छन् ।