कोशी प्रदेश : मुख्यमन्त्रीमा हिक्मत कार्कीको नियुक्ति र शथप आजै



विराटनगर।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की आजै मुख्यमन्त्रीमा नियुक्त हुने भएका छन्। उनले आजै मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ पनि लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रदेश प्रमुखको कार्यालयका सचिवालयको अनुसार मुख्यमन्त्री नियुक्ति र शपथ शुक्रबार साँझ ६ बजे हुने गरी समय तय भएको छ।

सर्वोच्चको आदेशअनुसार प्रदेश प्रमुख परशुराम खापुङ्गले शुक्रबार कार्कीलाई संविधानको धारा १६८ को उपधारा (३) को मुख्यमन्त्री नियुक्त गर्ने तयारीसमेत रहेको सचिवालयले जनाएको छ।

बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले उद्धव थापालाई मुख्यमन्त्रीबाट पदमुक्त गरेसँगै एमाले संसदीय दलका नेता कार्कीलाई ४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्