काठमाडौँ।
ग्राण्डी अस्पतालले काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया)का कारण निधन भएको जनाएको छ।
काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत रिजालको आज बिहान ७ः३० बजे निधन भएको थियो ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छेले प्रेस विज्ञप्ति जारी गरी रिजालमा भाइरल निमोनिया रहेको जानकारी दिएका छन् । भदौ १७ गते दिउँसो एक बजे दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भई सघन उपचार कक्षमा भर्ना भएको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि महानगर स्रोतले डेंगु संक्रमणबाट रिजालको निधन भएको बताएको थियो । अहिले अस्पतालको आधिकारिक धारणा आएको हो ।












प्रतिक्रिया