काठमाडौं-१६ का वडाध्यक्ष रिजालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने



काठमाडौँ।

काठमाडौँ महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा राखिने भएको छ।

सभागृहमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने काठमाडौं महानगरपालिकाकाले जानकारी दिएको छ।

अध्यक्ष रिजालको भाइरल निमोनिया संक्रमणका कारण आज बिहान साढे ६ बजे ग्रान्डी अस्पतालमा निधन भएको थियो।

रगतमा रहेको प्लेटलेट्सको संख्या निकै कम भएपछि डेंगुको शंका गरिएको तर रगत परीक्षणका क्रममा डेंगु नदेखिएको अस्पतालका एक चिकित्सकले बताए।।

रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रिय सभापति समेत हुन्।

प्रतिक्रिया दिनुहोस्