क्रिकेट टोलीको भव्य स्वागत

0
Shares

काठमाडौं ।

एसिया कप क्रिकेट खेलेर नेपाल फर्केको राष्ट्रिय टोलीको भव्य स्वागत भएको छ । श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको हो ।

नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो । ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो । नेपाल क्रिकेट स‌ंघका पदाधिकारी तथा क्रिकेट समर्थकले टिमलाई स्वागत गरेका हुन् ।