मधेश प्रदेशका सांसद अनिरुद्धप्रसाद सिंह यादव जेल चलान



राजविराज ।

मधेश प्रदेश सभाका सदस्य अनिरुद्धप्रसाद सिंह यादव मंगलबार जेल चलान भएका छन् ।

०६४ सालदेखि मुल्तबी रहेको कर्तब्य ज्यान तथा डाँका मुद्दाका आरोपी यादव सप्तरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि जेल चलान भएका हुन् । अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल ईजलासले प्रदेश सभा सदस्य यादवलाई जेल चलानको आदेश गर्नुभएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिएका छन् ।

उनका अनुसार आदेशपछि प्रदेश सांसद यादवलाई मंगलवारै राजविराजस्थित सप्तरी कारागार पठाएको छ । यसअघि सोमबार दिउँसो यादवलाई घरबाटै पक्राउ गरी अदालतमा उपस्थित गराएपनि सुनवाइ भने हुन सकेको थिएन ।

माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनाका उनी आरोपी हुन् । जेल चलान भएका प्रदेशसभा सदस्य यादव गत निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४(२) बाट प्रदेशसभामा स्वतन्त्रबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्