बागचौरमा बस पल्टिँदा ६ जना घाइते, दुईकाे अवस्था गम्भीर



काठमाडौं ।

सल्यानको बागचौर नगरपालिका-७ मा यात्रु बस पल्टिँदा ६ जना घाइते भएका छन् ।  जसमध्ये दुईकाे  अवस्था गम्भीर रहेको छ ।

सल्यानको बाँफुखोलाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५४१ नम्बरको बस चौफारी भन्ने स्थानमा कच्ची सडकको खाल्डोमा परेर आज बिहान करिब साढे ५ बजेतिर दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार दुर्घटनास्थलबाट घाइतेहरुलाई उद्धार गरेर अस्पताल पठाइएको छ । घाइतेहरु सबैलाई उद्धार गरेर एम्बुलेन्समार्फत् बागचौरमा रहेको पोलिक्लिनिकमा उपचारका लागि लगिएको प्रहरीले जानकारी दिएकाे छ  ।

प्रतिक्रिया दिनुहोस्