महानगरको गाडी सरकारले रोके सिंहदरबारमा आगो लगाइदिन्छु : बालेन

0
Shares

काठमाडौँ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरपालिकाको कुनै पनि गाडी सरकारले रोके सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् । शनिबार साँझ उनले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन्।

उनले लेखेका छन्, ‘ आजको लागी केहि भएन , भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’