अखिल कार्यवाहक अध्यक्षमा घर्ती 

0
Shares

काठमाडौँ। 

नेकपा (एमाले) निकट अनेरास्ववियुकाे कार्यबाहक अध्यक्षको  जिम्मेवारी नारायण घर्तीलाई दिइएको छ ।
अध्यक्ष समिकबडाल १२ दिने चीन  भ्रमणमा जाने भएकोले घर्तीलाई कार्य सम्पादक गर्नका लागि कार्यवहाककाे जिम्मेवारी दिएको अध्यक्ष बडालले जारी गरेको   विज्ञप्तिमा जनाइएको छ ।

घर्ती २०६७ मा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य हुँदै संगठनको उपत्यका इन्चार्ज ,उपमहासचिव एबम संगठन बिभाग प्रमुख हुँदै २०७९ मा भएकाे अखिलको महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका थिए ।

अध्यक्ष बडाल आज साँझ ९ बजे एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा चीन जादैछन । घर्तीलाई बडालले भदाै २९ गतेसम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् ।