विष्णु पौडेलको दाबी- आगामी निर्वाचनमा एमाले आँधी–तुफान बनेर आउँछ

0
Shares

बुटवल।

​नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी निर्वाचनमा पार्टी आँधी तुफान बनेर आउने दाबी गरेका छन् । त्यसका लागि मिनस– २०८४ मा लाग्न अहिलेदेखि नै कार्यकतालाई उनले आग्रह गरेका छन् ।

शनिवारदेखि बुटवलमा सुरु भएको एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशनमा बोल्दै पौडेलले भने, ‘अहिलेको प्रतिक्रियावादी सरकार जनहित विपरीतका कार्यविरुद्ध सडकमा पनि आँधी तुफान बनेर आउनेछ । आउँदो निर्वाचनमा एमाले बहुमतसहितको सरकार बन्ने गरी लागेको छ ।’ पौडेलले एमाले नेतृत्वमा बहुमतसहितको सरकारविना देशले समृद्धि हासिल गर्न नसक्ने दाबी समेत गरे ।

एमालेको नेतृत्व तत्काल परिवर्तन नहुनेसमेत उनले ले दाबी गरे ।उनले एमालेभित्र नेता, नीति, विधि र विचारमा कुनै समस्या नरहेको बताए ।

उपाध्यक्ष पौडेलले पार्टी नेतृत्वको विषयलाई जोडेर गलत मनसायले प्रचार गरिएको भन्दै पार्टीको नेतृत्व केपी ओलीभन्दा अरूबाट तत्काल हुन नसक्ने बताए ।

हामी नेताहरू पार्टी निर्माणको कठिन यात्रामा अघि बढिरहेकाले अनेक षड्यन्त्रबाट आउने रंगीन समाचारहरूबाट कोही पनि कार्यकर्ता र शुभचिन्तकहरू तंरगित नहुन पौडेलले आग्रह गरे ।