जिप दुर्घटनामा ६ यात्रु घाइते

0
Shares

पाल्पा। 

पाल्पाको  तानसेन नगरपालिका–१२, बौघापोखराथोक जोर्तेमा भएको जिप दुर्घटनामा  ६ यात्रु  घाइते भएका छ्न् । बुटवलबाट पाल्पा हुँदै गुल्मीको  दिगाम जाँदै गरेको  बा१६ च ४३७३ नम्बरको जिप जोर्तेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते हुुनेहरुमा चालक रुपन्देही सैनामैना नगरपालिका – ११ सालझण्डीका २३ वर्षीय कृष्ण भुषाल, सैनामैना–३ मुर्गियाका ६७ वर्षीय तुलसीराम घिमिरे, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका –५ तल्ला हुलाकका ४७ वर्षीय वेद प्रकाश अधिकारी, रुपन्देही सैनामैना नगरपालिका –१० सालझण्डीका ४९ वर्षीय तोयानाथ घिमिरे, सैनामैना– ८ रामपुर कोलनीका ३१ वर्षीय लक्ष्मण खनाल, सैनामैना– ६ दुधराजकी ४८ वर्षीया सान्ता पन्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । प्रनाउ थापाका  अनुसार घाइतेहरुको उद्दार गरी लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ । गाडी आफै अनियन्त्रित भई बाटो देखि अन्दाजी ५० मिटर तल खेतमा खसेको छ।

जिप पाल्पाको  तानसेन नगरपालिका –१२ कार्तिके स्थित भित्री पक्कि सडक खण्डमा जिप दुर्घटना हो हो । दुर्घटनाग्रस्त जिप सडकदेखि करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए  । तानसेन –रिडी सडकमा ढुंगा पन्छाउने र स्तरोन्नतिको काम भएकोले सवारी साधनलाई प्रहरीले बाइपास सडक प्रयोग गरेर पठाएको छ ।

जिप दुर्घटनामा घाइते सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ