प्रचण्डलाई पोखरेलकाे जवाफ- पहिरो एमालेमा होइन माओवादीमा जान जरुरी छ

0
Shares

बुटवल।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीमा पहिरो जान जरुरी रहेको बताएका छन् । एमाले लुम्बिनी प्रदेश अधिवेशनलाई शनिबार बुटवलमा सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।

केही दिनअघि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेमा पहिरो जान लागेको भन्दै गरेको टिप्पणीप्रति टिप्पणी गर्दै पोखरेलले यस्तो भनेका हुन् ।

उनले भने, ‘पहिरो एमालेमा होइन पहिरो माओवादीमा जान जरुरी छ ।’

महासचिव पोखरेलले लुम्बिनी प्रदेशमा विवाद गराएको भन्ने प्रचार गराएर पार्टीलाई कमजोर बनाउन खोजिएको आरोप लगाए । उनले आफू र विष्णु पौडेलका बीचमा विभाजनको हल्लालाई अधिवेशनले मिथ्या सावित गराउन प्रतिनिधिहरूलाई आग्रह गरे । अध्यक्ष केपी ओलीको नेतृत्वमा एमाले एकताबद्ध रहेको उनले दाबी गरे ।

पोखरेलले कसैको सहाराबिना २०८४ मा एमालेको एकल सरकार बनाउने गरी लाग्न कार्यकर्ताहरूलाई आग्रह गरे ।