पूर्वयुवराज पारस शाह डिस्चार्ज

0
Shares

काठमाडौं ।

पूर्वयुवराज पारस शाह डिस्चार्ज भएका छन्।

मुटुसम्बन्धी समस्याका कारण काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएका शाह आज डिस्चार्ज भएका हुन ।

 मुटु अचानक दुखेपछि शुक्रवार साँझ उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।

 पारसको अवस्था सामान्य भएपछि चिकित्सकहरुको सल्लाह अनुसार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

 मुटु सबन्धी समस्या परेका पूर्वयुवराज शाहको स्वास्थ्य स्थीतिका बारेमा थप बिवरण सार्वजनिक गरिएको छैन् ।