संसदमा प्रवेश गर्न लागेको भनेर दुष्प्रचार गरियो : विप्लव



सुर्खेत १४ भदौ । समाजवादी मोर्चा नेपालद्वारा सुर्खेतको वीरेन्द्रगरमा बिहीबार आयोजित सन्देश सभालाई सम्बोधन गर्नुहुँदै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ । तस्बिर : सुरेश आचार्य/रासस

काठमाडौँ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आफूलाई संसदमा प्रवेश गर्न लागेको भनेर दुष्प्रचार गरिएको बताएका छन्।

समाजवादी मोर्चाको सभालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै महासचिव चन्द आफूलाई संसदमा छिर्न खोजेको भनेर बजारमा भ्रम फैलाइएको बताएका हुन् । उनले भ्रम प्रचार गर्ने मान्छेपनि सफल नहुने बताए ।

महासचिव चन्द आउँदो दशक नेपालको समाजवादी आन्दोलनको विजय दशक बनाउने गरी समाजबादी मोर्चामा छलफल भइरहेको बताए । उनले जबरजस्त विश्व भूमण्डलीकरण र ध्रुवीकरणको प्रभावमा पार्ने र नेपाली जनताको चाहना विपरित अन्तर्राष्ट्रियस्तरको सैन्य मैदान बनाउने षड्यन्त्र भइरहेको बताए । उनले नेपाल देशभक्तहरुको रहेको भन्दै नेपाली स्वाधिनताको रक्षाका लागि सम्पूर्ण देशभक्तीहरु एक हुनुुपर्ने बताए ।

महासचिव चन्द देशको स्वाधिनता रक्षा गर्न समाजबादी मोर्चाहरु मिलेर जानुपर्ने बताए । उनले संसदलाई क्रान्तिको साधनको संज्ञा दिए ।

प्रतिक्रिया दिनुहोस्