विषालु च्याउ खाँदा आमा विरामी, छोरा-छोरीको मृत्यु



बझाङ । बझाङमा जङ्गली च्याउ खाँदा बालक र बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा  जयपृथ्वी नगरपालिका–६ नौराका ७ वर्षिया सञ्जिला कठायत र १२ वर्षिय सुदीप कठायत छन् ।

मंगलबार जंगलबाट ल्याएको च्याउ खाएर आमा पुनी कठायत र दुई बालबालिका बिरामी परेपछि उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि बिरामी बालिका सञ्जिलालाई डडेल्धुरा रिफर गरेको थियो ।

डडेल्धुरा पुर्‍याउन नपाउदै उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

डिएसपी भण्डारीका अनुसार सुदीपलाई पनि धनगढी ल्याउने क्रममा बिहिवार राती नै बाटोमा मृत्यु भएको हो ।

आमा पुनी कठायतको उपचार जारी छ ।

प्रतिक्रिया दिनुहोस्