बाबुले गरे छोरीको हत्या



कराँची । पाकिस्तानमा बाबुले डाक्टर छोरीको हत्या गरेका छन् ।

विवाहको विषयलाई लिएर मतभेद बढेपछि बाबुले आफनो डाक्टर छोरीको हत्या गरेका हुन् ।

पाकिस्ताको पञ्जाव प्रान्तमा ती बाबुले आफ्नी २५ वर्षीया डाक्टर छोरीले इज्जत गुमाउन लागेको भनेर गोली हानी हत्या गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

सो घटना पञ्जावको राजधानी लाहोरबाट करिब ३०० किलोमिटर टाढा रहेको मियाँवालीमा भएको हो । सिद्रा खान आफ्नो सहकर्मी डाक्टरसँग विवाह गर्न चाहन्थे तर उनका बुबाले मानेनन् ।

सोही विषयमा बाबु र छोरीबीच आन्तरिक विवाद बढ्दै गएपछि पिताले आफनो छोरीलाई गोली हानेका थिए । पीताले हानेको गोली लागेकी डाक्टर सिद्रालाई घाइते अवस्थामा अस्पताल पुर्याइएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्