विप्लव नेतृत्व नेकपाको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक बस्दैछ ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्थायी कमिटीको बैठक बस्न लागेको हो ।

शुक्रबार बिहान ८ बजे बस्ने गरी बोलाइएको उक्त बैठकमा हालै कार्यान्वयनमा आएको अमेरिकन सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० तथा समाजवादी मोर्चाका पछिल्ला गतिबिधि लगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाईएको छ ।

बैठकमा नेकपासमेत सम्मिलित चार दलीय समाजवादी मोर्चाले देशैभरी गरेका प्रदेश स्तरीय सन्देश सभा र आगमी रणनीतिका बारेमा पनि छलफल हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्