सांस्कृतिको रक्षा, भावी पुस्ताका लागि पर्वलाई जीवन्त राख्नु हाम्रो दायित्व र जिम्मेवारी- कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले जनै पूर्णिमा र गाईजात्राको अवसरमा पार्टीको तर्फबाट शुभकामना व्यक्त गरेको छ । उसले शुभकामना व्यक्त गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश भएको बताएको छ ।

उसले यहाँ विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रितिरिवाज र चाडपर्वहरू छन् । यी प्रत्येक पर्वहरूलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा भएको समेत उल्लेख गरेको छ ।

नेपालीहरूको मौलिक सांस्कृतिक पर्वहरू जनै पूर्णिमा र गाईजात्रा पर्व पनि महत्वपूर्ण पर्वहरू भएको कांग्रेसले बताएको छ ।

लोकतन्त्रमा मात्र सबै जात–जाति, भाषा–भाषी तथा धर्म र संस्कृतिले समान अवसर पाउने उसको धारणा छ । सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्र्दै भावी पुस्ताहरुका लागि पनि यस्ता पर्वहरूलाई जीवन्त राख्नु हामी सबैको दायित्व र जिम्मेवारी भएको कांग्रेसद्वारा जारी शुभकामना वक्तव्यमा उल्लेख छ ।

साथै, उसले जनै पूर्णिमा र गाईजात्राका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा कांग्रेसको तर्फबाट सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्