“धाः” बाजामा नयाँ पुस्ता, पहाडमा लाखेनाच शुरू

0
Shares

धादिङ । “धाः” हिमाली जिल्ला धादिङमा नेवार समुदायको बसोबाससँगै काठमाडौंको संस्कृति दुई साताभन्दा बढी समयको लाखेनाचसहितको संस्कृतिक पर्व शुरू भएको छ ।

धादिङबेसीमा “धाः” बाजा बजाएरलाखेनाच शुरूको शुरूवात गरिएको हो । “धाः” बाजा, धिमे बाजाको तालमा मन्दीमा पूजा गरेर लाखे नाच्दै बाहिर आएपछि बजारमा लाखेनाचको शुरू गरिएको हो ।

गाईजात्राको दिनबाट लाखेनाच शुरू गरेर असोज २ गते समापन गरिने नेवारी संस्कृति लाखेनाच जोगाउन लागि धादिङमा युवा पुस्ता लागि परेका छन् । सबैबाजा बजाउन युवा पुस्ताले सिकेका छन् भने लाखेनाचका लागि युवा नै अघि आएर संस्कृति जोगाउन लागि परेको झिंगु नेवाः समाजका राजकुमार श्रेष्ठले बताउनुभयो ।

पहिलेका वर्षहरूमा धिमेबाजा र मादल बजाएर लाखे नाच देखाउने धादिङबेसीका नेवार समुदाय यस वर्षदेखि “धाः” बाजा बजाएर लाखे नाचको शुरूवात गरिएको छ । खासगरी लाखेनाचमा प्रयोग हुने “धाः” बाजा बौद्ध धर्मावलम्बीहरूको पुरानो बाजामध्ये पर्दछ । लाखेनाच धादिङको धादिङबेसी मात्र नभएर बेनीघाट, कटुन्जे, आरूघाटलगायतको स्थानरूमा प्रदर्शन गर्ने गरिएको छ ।

व्यापारको सिलसिलामा काठमाडौंबाट बाहिरिएपछि नेवारी समुदायका मानिसहरू संस्कृति संरक्षण र पहिचान स्थापित गर्नका लागि २०६२ देखि लाखेनाच, धिमेबाजा, टाकटुकेनाच आदी देखाउँदै नेवारी संस्कृति र भाषासमेत सिक्दै आएको सानुकाजी अमात्यले बताउनुभयो । नयाँ पुस्ताले सिकाको युवाहरूले पर्वधान्न सक्नेअवस्थामा आइपुगेका छन् ।

गाईजात्राको दिन भदौ १४ गते गाईजात्राको शुरूवातमा गाई सिंगारिने छ । मृतक परिवारको घरघरमा पुगेर गाईको पूजा गरिने छ भने व्यांगात्मक प्रस्तुतिसमेत गरिने कार्यक्रम रहेको छ । हिलोजात्रा नेवारी संस्कृतिमा सजिएकाले रोपाई गरे जसरी अभिनय गर्दै गाईजात्राको भोलिपल्ट बजार परिक्रमा गरेर समाजका अध्यक्ष गोविन्दकुमार श्रेष्ठले बताउनुभयो ।

संस्कृतिको संरक्षण गर्नका लागि आफ्नो भदौ १४ गते, १५ गते, २१ गते , असोज १ र २ गते लाखेसमेत प्रदर्शन गरिने कार्यक्रम रहेको छ भने असोज २ गते लाखेजात्राको विधिवत् अन्त्य गरिने जनाइएको छ ।

हराईसकेको संस्कृति संरक्षण गर्दै नयाँ पुस्ताका लागि संस्कृति हस्तान्तरणसमेत गर्ने कार्यक्रम अन्तर्गत नयाँ पुस्ताले बाजा बजाउने, टाकटुकेनाच नाच्ने लगायतका विषयमा प्रदर्शन गर्ने गरेको अघि बढेको छ । नेवारी भाषा कक्षा समेत सञ्चालन गरेर नेवार समुदायले भेषभुषामै संस्कृति कार्यक्रमहरूमा सहभागि हुने गरेको राजकुमार श्रेष्ठको भनाइ छ ।