यस्ता छन् मन्त्रिपरिषद्का निर्णय



काठमाडौं । सरकारले भन्सार विधेयक र विद्युत विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको छ। नेपाल सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठक उक्त निर्णय गरेको बताइन्।

मन्त्रिपरिषद्को बैठकले दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। त्यसैगरी प्रतिनिधि सभा सदस्यद्वय माधव सापकोटा र राजेन्द्रकुमार केसीलाई नीजीकरण समितिको सदस्यमा मनोनित गर्ने निर्णय पनि भएको प्रवक्ता शर्माले बताइन्।

त्यसैगरी, नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाश कुमार पनेरुलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ।

कूटनीतिक तथा सरकारी राहदानी वहाकलाई नेपाल र फिलिपिन्सबीच हुने सम्झौतामा हस्ताक्षर गर्नसमेत मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।

प्रतिक्रिया दिनुहोस्