आजदेखि एमाले सचिवालय बैठक बस्दै



काठमाडौं । नेकपा )एमाले) सचिवालय बैठक आजबाट शुरु हुने भएको हो ।

धनगढी नगरपालिका–१४ मा उक्त बैठक बस्ने भएको हो ।

गत भदौं ९ बाट शुरु हुने भनिए पनि मौसमका कारण स्थगित भएको सचिवालय बैठक आजबाट शुरु हुन लागेको हो ।

‘भौगलिक विकटता र मौसमका कारण गत ९ गते हुने भनिएको बैठक सम्भव नभए पनि १३ गतेबाट सचिवालय बैठक शुरु हुनेछ,’ एमालेका उपमहासचिव तथा मधेस इन्चार्ज योगेश भट्टराईले भने ।

उनका अनुसार बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरुलगायत पदाधिकारी, लेखा र अनुशाषन विभागका प्रमुखहरु पनि सो बैठकमा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्