नेपालविरुद्ध खेल्ने पाकिस्तानी प्लेइङ -११ को घोषणा, को को छन् ?



काठमाडौँ।

एसिया कपको उद्धघाटन खेलका लागि पाकिस्तानले प्लेइङ ११ सार्वजनिक गरेको छ ।

उद्धघाटन खेलमा बुधबार नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३: १५ मा मुल्तान क्रिकेट रंगाशालमा सुरु हुनेछ ।

नेपालविरुद्ध पाकिस्तानले पहिलो रोजाईको टोलीलाई नै मैदान उतार्ने भएको छ । सार्वजनिक गरिएको प्लेइङ ११ अनुसार पाकिस्तानको ओपनर फखार जमान र इमाम उल हक रहेका छन् । त्यस्तै तेस्रो नम्बरमा बाबर आजम छन् ।

त्यस्तै मोहम्मद रिजवान, अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ लगायतका खेलाडी पाकिस्तानले नेपालविरुद्ध उतार्ने छ ।

यस्तो छ पाकिस्तानको प्लेइङ ११

फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।

प्रतिक्रिया दिनुहोस्