दुई विचौलिया प्रहरी नियन्त्रणमा



सिन्धुपालञ्चोक । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले दुई विचौलियालाई नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीको उजुरीको आधारमा कारोवार गर्दैगर्दा चौतारा साँगाचोकगढी नगरपालिका ५ का श्याम तामाङ र ईन्द्रावती गाउँपालिका-१ का मिङमार शेर्पालाई पक्राउ गरी अनुसन्धानमा राखिएकको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी सहायक प्रमुख जिलला अधिकारी निराजन श्रेष्ठले जानकारि दिनुभयो ।

राहदानीको फारम तत्काल भर्ने, फोटो खिचाउने र छिटो राहदानी उपलब्ध गराउने आश्वासन दिदै दैनिक विचौलियाले सेवाग्रहीलाई दुःख दिएको भन्ने गुनासो बढेकोले विचौलियाको निगरानी जिल्ला प्रशासन कार्यालयले बढाएको थियो ।

विचौलियाकै कारण सेवा प्रवाहमा नागरिकको विश्वासमा कमी आएको छ । जिल्ला प्रशासन कार्यालयका कर्मचारी माथी नै आशंका उत्पन्न भएपछि निगरानी वढाएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी श्रेष्ठका अनुसार सेवाग्राहीको चापमा कमी रहँदा समेत सेवाग्राहीको गुनासो कायमै रहेपछि आसंका पैदा भएको हो ।

कार्यालयका कर्मचारीको समेत आन्तरीक अनुसन्धान गरि गुनासोमुक्त वनाउने तरिकाले अनुसन्धान गरिरहेको उहाँको भनाई छ । कार्यालयका प्रमुख तथा उपल्लो तहको कर्मचारीको नाममा पैसा असुल गरेको भन्ने गुनासो समेत कार्यालयमा आएको श्रेष्ठ बताउनुहुन्छ ।

जिल्ला प्रशाासन कार्यालयबाट प्रवाह हुने सबै सेवा एकै दिन प्रदान गर्ने गरी ब्यवस्था मिलाएर कार्य सम्पादन गरिरहेको वेला यस्ता गुनासा र उजुरीप्रति आफूहरु चिन्तित रहेको उहाँ बताउनुहुन्छ । कुनै पनि विचौलियाको प्रलोभनमा नपर्न र सबै सेवा एकैदिन प्रवाह हुने गरि कार्य समपादन भएको जानकारी श्रेष्ठले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्