आजदेखि भैरहवाबाट हङकङ र नयाँदिल्ली उडान शुरु



रुपन्देही, । नेपाल वायुसेवा निगम (एनएसी)ले आजबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीको उडान गर्ने भएको छ ।

भैरहवास्थित गौतम बुद्ब अन्तराष्ट्रिय विमानस्थलबाट काठमाडौंमा ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान भर्ने भएको हो ।

मंगलबार हप्ताको एकदिन एक उडानबाट सेवा शुरु गरेर यसको शुरुवात गरिएको छ । निगमका प्रवक्ता रमेश पौडेल मागको आधारमा उडानको संख्या थप्दै लगिने छ ।

उनका अनुसार भैरहवाबाट बिहान ८ः१५ मा उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । त्यसपछि ट्रान्जिट भइ हङ्गकङ्ग जाने यात्रु हङकङको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिङ्ग उडानमा चढ्ने छन् ।

जसका लागि एनएसीले गत भदौं १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्