राष्ट्रपति पौडेल र उपप्रधानमन्त्री खड्काबीच भेट



काठमाडौँ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भेटवार्ता गरेका छन् ।
सोमबार उपप्रधानमन्त्री खड्काले राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

भेटमा उपप्रधानमन्त्री खड्काले मुलुकको शान्ति सुरक्षालगायतका विषयमा राष्ट्रपति पौडेलसँग छलफल गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्