काठमाढौं । काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा विसर्जनका लागि रोक लगाउने तयारी भएको छ ।
आगामी असोज १ गतेदेखि सधैँका लागि उक्त स्थानमा फोहोर विसर्जनमा रोक लगाउने तयारी भइरहेको बञ्चरेडाँडा ल्याण्डफिल्ड साइड व्यवस्थापन सरोकार समितिका प्रतिनिधि श्रीराम ढुंगानाले जानकारी दिए ।
उनका अनुसार आज (सोमबार) दिउँसो १२ बजे पत्रकार सम्मेलनको आयोजना गरि काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा विसर्जन गर्न सधैँका लागि रोक लागाउनेबारे जानकारी गराइनेछ ।
पत्रकार सम्मेलन रिपोर्टस क्लव भृकुटी मण्डप काठमाडौंमा हुनेछ ।