सर्वोच्च अदालतको न्यायाधीशमा विनोद पौडेल सिफारिस

0
Shares

काठमाडौँ।

न्यायपरिषदले उच्च अदालतका न्यायाधीश विनोद पौडेललाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको छ।

आइतबार बसेको न्यायपरिषदको बैठकले उनलाई न्यायाधीशमा सिफारिस गरेको हो ।

एक वर्षअघि पनि उनको नाम सिफारिस भएको थियो । त्यति बेला गरेको सिफारिस संसदीय सुनुवाइ समिति नै नभएकाले अघि बढ्न सकेको थिएन।आजको बैठकले उनलाई पुन: न्यायाधीशमा सिफारिस गरेको हो।

अब संसदीय सुनुवाइ समितिबाट अनुमोदन भए उनी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनेछन्।