नेपाल–पाकिस्तान मैत्री महोत्सव सम्पन्न

0
Shares

काठमाडौं।

नेपाल र पाकिस्तानबीच जनस्तरको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले आयोजना गरिएको चार दिने नेपाल–पाकिस्तान मैत्री महोत्सव सम्पन्न भएको छ ।

काठमाडौंस्थित पाकिस्तानको दूताबास, सेन्टर फर एसियन स्टडिज र महाकाली डान्स काउन्सिलले संयुक्त रुपमा भक्तपुरमा आयोजना गरेको उक्त महोत्सवमा विभिन्न ३० विद्यालयका सात सय विद्यार्थीहरुले निवन्ध प्रतियोगिता, हस्तलेखन, चित्रकला र सांस्कृतिक नृत्यमा प्रतिस्पर्धा गरेका थिए ।

विजयी प्रतियोगीहरूलाई पाकिस्तानी दूताबासका चार्ज डे अफेयर्स उमेर अली र संगीत तथा नाट्य प्रतिष्ठानका उपकूलपति निशा शर्मा पोखरेलले पुरस्कार वितरण गरेका थिए ।