सहकारीको अनियमिततालाई व्यवस्थित गर्नुपर्ने चुनौती छ : आरजु राणा

0
Shares

काठमाडौँ।

नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले सहकारीको अनियमिततालाई व्यवस्थित गर्नुपर्ने चुनौति रहेको बताएकी छन् ।

आइतबार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा उम्मेदवारी दिइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद राणाले यस्तो बताएकी हुन् ।

उनले समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरुलाई निर्देशन दिने र जनतालाई दिने सुविधाका बारेमा सरकारको काम कारबाहीप्रति जवाफदेही बनाउने बताइन् ।

सांसद राणाले आफू कृषकको छोरी भएका कारणले पनि कृषि समितिको सभापति रोजेको बताइन् ।