भ्रष्टाचार सम्बन्धी सबै मुद्दाको फाइल खोलिन्छ : गृहमन्त्री श्रेष्ठ 

0
Shares

हेटैंडा।  

गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार सम्बन्धित सबै फाइलहरु खोल्ने तयारीमा सरकार रहेको बताएका छन् ।  आइतबार जिल्ला प्रशासन कार्यालय, पर्साको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले प्रहरीमा सरुवा बढुवाको क्रममा हुने अवाञ्छित कार्यलाई आफ्नो कार्यकालमा शून्यमा झारिएको दाबी गरे ।

प्रहरीमा सरुवा बढुवा गर्दा, पदस्थापन गर्दा केही अवाञ्छित क्रियाकलाप हुने गरेको र  आर्थिक चलखेल हुने गरेको भन्दै त्यसलाई रोकिने बताए । नक्कली भुटानी शरणार्थी बनाउने कार्यलाई राज्य विरुद्धको अपराध भएको श्रेष्ठको भनाइ छ ।

आइतबार बिहान नै प्रेस सेन्टर पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको सुन प्रकरणमा राजस्व विभाग र सिआइबीले नै अनुसन्धान गर्ने जिकिर गरे। गौर हत्याकाण्डको बारेमा पत्रकार हरुले सोधेको प्रश्नको जवाफमा श्रेष्ठले उक्त हत्याकाण्डको विषयमा कानुनी शासनको उल्लंघन भएको कुरा सत्य नभएको दाबी गरे । उनले ललिता निवासको सबै जग्गा सरकारको भएको बताउँदै जग्गा किनबेच गर्नेले संगठित अपराध गरेको हो कि होइन भन्ने विषयमा समेत छानबिन भइरहेको जानकारी दिए ।