कोशी प्रदेशमा जातीय सद्भाव बिथोल्ने काम सरकार आफैंले गरिरहेको छ : एमाले सांसद न्यौपाने

0
Shares

काठमाडौँ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले कोशी प्रदेशमा जातीय सद्भाव बिथोल्ने काममा सरकार र सत्तारुढ गठबन्धन आफैँ संलग्न रहेको आरोप लगाएकी छन् ।

आइतबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सत्तारुढ गठबन्धनले जातीय सद्भावमा खलल पुर्‍याउने खालका गतिविधि गरिरहेको उल्लेख गर्दै तत्काल त्यस्ता खालका गतिविधिलाई नियन्त्रण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।

सांसद न्यौपानेले बहुजात, बहुधर्म, बहुसंस्कृति नेपालको पहिचान भएपनि त्यसमाथि खलल पुर्‍याउने काम सत्तारुढ गठबन्धनबाटै हुनु मुलुकको लागि दुःखद् भएको समेत बताइन् । उनले जातजातका बीचमा लडाएर मुलुकलाई अराजकतातिर धकेल्ने काम कसैले पनि गर्न नहुने बताइन् ।

सांसद न्यौपानेले संविधान विपरित गएर सत्तारुढ गठबन्धनले कोशी प्रदेश सरकार निर्माण गर्ने काम गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गरिन् ।