नौ महिनापछि संसदीय समितिको सभापति चयन हुँदै, आजबाट प्रक्रिया शुरु



काठमाडौं । आम निर्वाचन भएर नयाँ संसद् गठन भएको नौं महिनापछि संसदीय समितिको सभापति चयन प्रक्रिया आजबाट शुरु भएको छ ।

सभामुख देबराज घिमिरेले सार्वजनिक गरेको कार्यसुची अनुसार आज विषयगत तथा प्रक्रियागत समितिहरुको सभापतिका लागि उम्मेदवार मनोनयन प्रक्रिया शुरु हुँदैछ ।

संघीय संसद् सचिवालयका अनुसार समिति सभापतिका लागि आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन समयसिमा तोकिएको छ ।

प्रमुख दलहरु बिच सहमति हुन नसक्दा  ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया नौं महिनासम्म अवरुद्ध हुन पुगेको थियो । समितिको सभापति नहुँदा संसदीय समितिले गर्नुपर्ने काम कारबाहीहरु प्रभाबित हुँद्यै आएका थिए ।

संसद्का १० वटै विषय र प्रक्रियागत समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरूप आज उम्मेदवारी दर्ता हुन लागेको हो । जसअनुसार भोलि संसदीय समितिहरूले नयाँ सभापित पाउने छन् ।

हालसम्म समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्