अभिनेता पुत्र सारुकको वियोगले लियो सानुको प्राण



काठमाडौं । अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेको चोट सहन नसकी बिरामी परेका उहाँका अभिनेता तथा जादुगर पिता सानु ताम्राकार अन्ततः अस्पतालको श्ययाबाट घर फर्कन सक्नुभएन। पुत्रवियोगले रन्थनिएका सानुको मिर्गाैला फेल भएर उपचारको क्रममा शनिवार दिउँसो तीन बजेर २० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ।

आप्mनो एक मात्र सन्तान सारुकले गत असार २१ गते ज्ञानेश्वरस्थित निवासको भ¥याङमा झुन्डिएर आत्महत्या गरेको चोटले चल्न र बोल्नसमेत नसक्ने अवस्थामा पुगेपछि उहाँलाई तीन साताअघि अस्पताल भर्ना गरिएको थियो। उहाँको नर्भिक अस्पतालको आईसीयू वार्डमा उपचार भइरहेको थियो।

गत जेठ २२ गते छायांकन शुरू भएको फिल्म ‘ह्यासट्याग मायामा’ रुचिपूर्वक काम गरिरहेका सारुकले एक्कासी आत्महत्या गर्नु शंकास्पद मानिएको छ। फिल्मका निर्माता निर्देशक राजिव गुरुङका अनुसार अभिनेत्री नम्रता श्रेष्ठले क्यारेक्टरमा रहन गाह्रो हुन्छ मेरो लागि बाहिर बस्ने व्यवस्था मिलाइदिनु भनेपछि बूढानीलकण्ठमा एक लाख तीस हजारदेखि डेढ लाखसम्म तिर्ने गरी फिल्मको निर्माण संस्थाले घर भाडामा लिइदिएको थियो। निर्मल पुर्जाको सो घरमा शुरूमा नम्रता र सारुक बस्ने गरे पनि पछि अर्का अभिनेता रोयदीप पनि थपिएको उहाँले बताउनुभयो। नम्रताले रोयदीपको भूमिकामा सारुकले झन् राम्रो गर्न सक्छ भनेपछि नम्रताकै सल्लाहमा सारुक र रोयदीपको भूमिका साटिएको बताउँदै गुरुङले आत्महत्या गर्नुअघि सुटिङ भएको घरको माथिल्लो तल्लामा नम्रता र सारुकबीच ठूलो झगडा भएको पनि खुलाउनुभएको थियो। सुटिङ युनिट स्रोतका अनुसार नम्रता र सारुकको राम्रो सम्बन्ध भए पनि रोयदीपको आगमनपछि भने उहाँहरूबीच मनमुटाव शुरू भएको थियो। निर्देशक गुरुङले ८÷९ महिनाअघि नम्रताले सारुकलाई दोलालघाटस्थित मसानघाटमा लगेर एक तान्त्रिकबाट रातको १२ बजे कालो बोकासहित पूजा गरी घाँटीमा बुटी बाँधिदिएको समेत खुलाउनुभएको थियो। सो बुटी सारुकको आत्महत्यापछि भ्mयालमा झुन्डिएको अवस्थामा भेटिएको थियो।

त्यसैगरी सारुकका पिता सानु ताम्राकारले कहिल्यै सम्पर्क नगर्ने नम्रताले सारुकले आत्महत्या गरेको दिन आपूm आफन्तको चौरासीमा सहभागी भइरहेको बेला फोन गरेर आप्mनो स्वास्थ्य स्थितिबारे जानकारी लिएको नेपाल समाचारपत्रलाई बताउनुभएको थियो। सानुका अनुसार नम्रताले मोबाइल कल गर्दा सारुकले आत्महत्या गरेकोबारे आपूmलाई थाहा नभएको समेत बताउनुएको थियो। नम्रतालाई सानुले नै आफन्तको चौरासीमा आउँछु भनेको सारुक पछि घरमा मृत भेटिएको जानकारी पनि दिनुभएको थियो । सानुले फिल्ममा सँगै काम गरे पनि क्रियामा बसेको बेला भने नम्रता भेट्नसमेत नआएको पनि बताउनुभएको थियो । प्रहरीले केहीअघि सारुकको मोबाइलमा फेला पारेको सुसाइड नोटमा सारुकले आफ्नो साथीहरू र परिवारलाई सम्झँदै आफ्नै गल्तीका कारण आत्महत्या गरेको र कसैलाई दोष नदिन आग्रह गरेको जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतले यसअघि नै जानकारी दिइसकेको छ।

सारुकपछि सानुले पनि यो धर्ती छोडेपछि पुत्र वियोगमा डुबेकी सानुकी पत्नी रुकमणि ताम्राकार एक्लो पर्नुभएको छ। उहाँले प्रहरीले सारुकले आत्महत्याको बाटो रोज्नुको कारण जसरी पनि पत्ता लगाउनु पर्ने माग गर्नुभएको छ। सानुको निधनपछि उहाँको बिलौना देखेर अस्पताल पुगेका कलाकर्मी विचलित भएका छन्।

सानु नेपाल चलचित्र कलाकार संघको कार्यवाहक अध्यक्ष भईसक्नुभएको छ। सम्पन्न परिवारका सानुको राजधानीका विभिन्न स्थानमा चारवटा घर छ। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार सानुको अन्तिम संस्कार आज आइतबार मात्र गरिनेछ। अन्तिम संस्कारअघि उहाँको शवलाई श्रद्धाञ्जलीका लागि बिहान ९ देखि १० बजेसम्म पशुपति आर्यघाट परिसरमा राखिनेछ।

प्रतिक्रिया दिनुहोस्