खेलकुद कार्यालय र कभर्डहल निर्माण

0
Shares

धादिङ । जिल्ला खेलकुद विकाससमितिको कार्यालय भवन धादिङबेसीमा र मिनि कभर्ड हल आरुघाटमा निर्माण सम्पन्न भएको छ ।

प्रदेश सरकारको ७१ लाख रुपैयाँमा निर्माण भएको जिल्ला खेलकुद विकास समितिको भवनको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नव निर्मित भवनको उद्घाटन गरेका हुन् ।

प्रदेशको आकांक्षा बमोजिम धादिङमा भएको खेलकुद गतिविधि अन्य जिल्लाको तुलनामा प्रशंसनिय रहेको मूख्यमन्त्री जम्कट्टेलले बताए । लामो समयदेखि भाडामा बस्दै आएको खेलकुद विकाससमिति संघीयता लागु भएपछि जिल्ला समन्वय समितिको भवनमा कार्यालय राख्दै आएको थियो ।

यसैगरि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ आरुघाटस्थित विशालनगर बनाईएको मिनि कभर्डहलका मुख्यमन्त्री जम्कट्टेलले उद्घाटन गरेका थिए । बुढीगण्डकी जलविद्युत निर्माणपछि सोही जलासयमा डुब्नेगरि निर्माण गरिएको कभर्डहलको उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले कार्तिकमा बुढी गण्डकी जलविद्युत आयोजनाको ड्यामको शिलान्यास हुने बताए ।

अतिक्रमण क्षेत्रका स्थानीयहरुको समस्या समाधान हुन्छ बाँकी मुअब्जा पनि वितरण हुने जनाउँदै उनले यस विषयमा प्रधानमन्त्री धेरै सकारात्मक रहेको बताए ।

प्रदेश सरकारको तर्फबाट ९ लाख ७० हजार, देशरविदेशमा रहेकाहरुबाट ४ लाख, ११ हजार ११३ र आरुघाटका ब्याडमिण्टन खेलाडीहरुको सहयोग १ लाख ६७ हजार ९३३ रुपैयाँमा मिनि कभर्डहलको निर्माण भएको बताइएको छ।

उद्घाटनको अबसर बी लेभलको जिल्ला स्तरीय पुरुष युगल ब्याडमिण्टन प्रतियोगिताको आयोजना गरिएको छ। प्रतियोगितामा प्रथम २० हजार, दोस्रो १० हजार र तृतिय हुनेलाई ५ हजार नगद पुरस्कार दिइने जनाइएकोछ।